Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

टाटाले एकसाथ भित्र्यायो ५ आकर्षक गाडी, यस्तो छ विशेषता र मूल्य

टाटाले एकसाथ भित्र्यायो ५ आकर्षक गाडी, यस्तो छ विशेषता र मूल्य

  • काठमाडौँ । टाटा मोटर्सका पाँचवटा नयाँ कार नेपाली बजारमा सार्वजनिक गरेका छन्। कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एकैपटक नेक्सनसहित टाटा टिगोर, टियागो फेसलिफ्ट, अल्ट्रोज र टाटा एच ५ नेपाली बजारमा सार्वजनिक गरेको हो। सबै सार्वजनिक भएका कारहरु बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध छन्। टाटा टिगोरको सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ र अधिकतम महंगो पर्ने अर्को भेरिएन्टको मूल्य ३९ लाख ९५ हजार रुपैयाँ छ। टियागो ह्याचव्याक विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेका टियागोको मूल्य २८ लाखदेखि ३७ लाख १५ हजार रुपैयाँसम्म कायम गरिएको कम्पनी जनाएको छ। प्रिमियम ह्याचब्याक अल्ट्रोज एक्सएम भेरियन्टको मूल्य ३५ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले नेक्सनलाई ७ भेरियन्टमा उपलब्ध गराएको छ। सनरुफसहित बजारमा आएको नेक्सनको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रहेको छ भने टप भेरियन्टको मूल्य ५२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ।

    images
    images
    images

    टाटाको सबैभन्दा महंगो मोडल एच५ को बजार मूल्य भने कम्पनी टप भेरियन्टमा अधिकतम ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij