
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । कोभिड–१९ बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजे देखि साँझ ७ बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।
कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
हाललाई काठमाडौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् । एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं.०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाईल नं.९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij