Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम 

काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम 

  • काठमाडौं । काठमाडौंको आज विहानको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । 

    images
    images
    images

    दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् । उनका अनुसार आज दिउँसो काठमाडौंको मौसम सफा रहने छ । पारिलो घाम लाग्ने सम्भावना छ ।

    images

    “हामी मध्ये जाडोमा छौं । त्यसैले अझै तापक्रम घट्ने क्रम रहन्छ । जसका कारण चिसो बढ्ने भएकाले यसबाट बच्न सतर्क रहनु पर्नेछ,” उनी भन्छिन्, “बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुन्छ । त्यसैले सवारी दुर्घटना बढ्नसक्ने भएकाले सडक सवारी चलाउँदा न्यून गतीमा चलाउनु पर्छ ।”


    आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी दुई हजार मिटर रहेको छ । “यो भिजिविलिटीमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न सकिँदैन । तर, डोमेस्टिकतर्फको उडान तथा अवतरण भने यो भिजिविलिटीमा गर्न सकिन्छ,” मौसमविद् मञ्जु बताउँछिन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij