Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्ने भएको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिबाट नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले स्थानीयदेखि राष्ट्रिय चुनावसम्म कांग्रेसको अगाडि अर्को ठूलो चुनौती भएको बताउँदै चुनावमा कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्ने भएको बताएका हुन् ।
उनले भने, ‘हाम्रो पार्टीले वडादेखि केन्द्रसम्म नै स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको छ, यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘तर अहिले हाम्रो अगाडि अर्को ठूलो चुनौती पनि छ, स्थानीयदेखि राष्ट्रिय चुनावसम्म हाम्रो अगाडि छन्, ती चुनावमा हामीले जित्नुपर्नेछ । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’
पार्टीमा सबै नेता कार्यकर्तालाई समेटेर अघि बढाउने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिबाट नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले आफू सबैको साझा सभापति भएको, र पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने बताए ।
‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु , सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु,’ देउवाले भनेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij