Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

थप २७१ जनामा कोरोना, २२५ जना संक्रमणमुक्त

थप २७१ जनामा कोरोना, २२५ जना संक्रमणमुक्त

  • काठमाडौँ । नेपाली पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएका छन् ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ । हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij