Logo

May 06 2025 | २०८२, वैशाख २३ गते

May 06 2025 | २०८२, वैशाख २३ गते

जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति

जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाएका छन् । 
    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने,जानकी जयन्तीको दिन बिदा दिन चाँही छुटाउने भन्दै प्रश्न गरे ।

    images
    images
    images

     उने भने,‘यो सगरमाथाको देश,बुद्धको देश भन्दै गर्दा जानकीको देश भन्ने बिर्सेको छौं । त्यही क्रममा आज जानकी जयन्तीको दिन बिदा पनि छुटाऔं । खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिन्छौं । तर आफ्नै भूमिमा जन्मिएका जानकी जयन्तीमा बिदा दिदैनौं ।

    दुई वर्ष बिदा दिएको रहेछ तर फेरी हटाएका छौं । राज्य संयन्त्रले आमाको नाममा नागरिकता त दिएन । मन्त्रिपरिषद्मा महिलाको उपस्थिति पनि हामीले कमजोर देखिरहेको छौं । भएको एउटा मन्त्री पनि जानुभयो ।’

    त्यस्तै उनले अहिले राजनीतिक प्रतिशोधको क्रम चलिरहेको भन्दै त्यसलाई  हेरेर मात्र सँधै चुप लागेर बस्न नसक्ने बताए  ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij