Jun 16 2026 | २०८३, असार २ गते
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र डा धवलशमशेर राणा समेतलाई साथमा लिएर विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई भेट्न शुक्रबार बिहान उनको निवास पुगेका हुन् ।
मिश्रसँगको भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताए । ‘समान विचारधारा भएकाहरूसँग एकता गर्ने पार्टीको नीतिअनुसार भेटघाट भएको हो’, उनले रातोपाटीसँग भने छलफलको सुरुवात भएको छ, निकट भविष्यमा पक्कै पनि सकारात्मक दिशातिर हामी पुग्ने आशा गरौँ ।’
‘आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु’, मिश्रले भनेका छन् । दुबै दल एक ठाउँमा रहेका सन्दर्भमा आज भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij