Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको छैठौँ दिनको बन्दशत्रमा समूह छलफलमा उठेका प्रश्नको जवाफसहित आफ्नो भनाइ व्यक्त गर्दैै पार्टी अध्यक्ष दाहाल राम्रो वा नराम्रो रुपले भए पनि आफ्नो प्रतिवेदनको चर्चा आलोचना भएको विचारको विकासलाई प्रमुख स्थानमा राखेको दाहालले स्पष्ट पारे
’कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो । कसैले २१औँ शताब्दी फड्को हान्न खोजे पनि भने, कतिले २०औँ शताब्दीमा फर्किन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने,’ दाहालले भने, ‘तर यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिस्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।’
वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठको जवाफ अध्यक्ष दाहालले शुक्रबार दिएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij