Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

महिला अधिकारको सुनिश्चितता भएको छ : प्रधानमन्त्री

महिला अधिकारको सुनिश्चितता भएको छ : प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका रहेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको आज विमोचन गर्दै उहाँले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक भएको बताउनुभयो । 

    onlinepatrika
    Arghakhachi

    आफ्नो पार्टी (नेपाली कांग्रेस) ले पनि ३३ प्रतिशत महिलाहरुलाई आरक्षण दिएको छ, त्यतिमात्रै होइन स्थानीय तहहरुमा पनि महिला सहभागिता सुनिश्चित गरिएको छ, राष्ट्रपति, सभामुख, उपसभामुख पदमा पनि महिलाले नेतृत्व गरिसक्नुभएको छ, त्यसैले धेरै ठाउँमा हामीले महिलालाई आरक्षण दिएका छौँ”, प्रधानमन्त्री देउवाले भन्नुभयो । 

    AGNI GROUP

    नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले महिला अधिकार र सहभागिताका सवालमा सरकार तथा राजनीतिक दलहरु पनि गम्भीर रहेको बताउनुभयो । नेपाल समानुपातिक प्रतिनिधित्व गर्ने मुलुक रहेको उदाहरण दिदैँ उहाँले दलित, आदिवासी, जनजाती पिछडिएका क्षेत्रलाई आरक्षण दिएर समावेशी समानुपातिक प्रतिनिधित्व गराएको भन्दै भोलिका दिनमा पनि पार्टी संरचनादेखि राज्यका हरेक निकायमा महिला सहभागिता बढाउने गरेर काम गर्ने बचन दिनुभयो ।

    पुस्तकको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा लोकनाथ दुलालले पुस्तकले तत्कालीन राजनीतिक सङ्क्रमणको घटनाक्रम र गलत क्रियाकलापलाई दस्तावेजीकरण गरेको बताउनुभयो । 
    पुस्तकमा विभिन्न समयमा पत्रपत्रिकामा लेखिएका १४८ लेख समावेश गरिएका छन् । विभिन्न ६ खण्डमा विभाजित ५१५ पृष्ठको पुस्तकको मूल्य रु २५० रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij