Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपाली कांग्रेसका १४औं महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग बसेका नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
सभापति देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
कांग्रेसको विधानअनुसार, सभापति देउवाले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको मुख्य सचिव पौडेलले जनाएका छन्। देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम मनोनित गरेका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij