Jun 16 2026 | २०८३, असार २ गते
सीके राउत नेतृत्वको जनमत पार्टीले गरेको चक्काजामका क्रममा धनुषामा झडप भएको हो।
जनमत पार्टीका कार्यकर्ता राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले राजमार्गको अवरोध हटाउन खोज्दा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको हो।
मध्याह्न धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा झडप भएको हो।
झडपका क्रममा दुई जना प्रहरी र चार जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (एसपी) जितेन्द्रकुमार बस्नेतले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij