Jun 16 2026 | २०८३, असार २ गते
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन मिति सारिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार अब माघ १५ गते अधिवेशन गर्ने निर्णय भएको छ। समितिका सदस्यसचिव केशव रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको मिति सारिएको जनाइएको छ ।
पौष २७ गते गर्ने भनिएकोमा उक्त जिल्लाहरुको जिल्ला कार्यसमितिको निर्वाचन, २०७८ माघ १५ गते हुने विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij