Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

 पाँच महिनामा रु ३४ करोड राजश्व सङ्कलन

 पाँच महिनामा रु ३४ करोड राजश्व सङ्कलन

  • काठमाडौं । यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड ३५ लाख ८८ हजार ४१३ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख लक्ष्मण शाहले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    चालु आवको असोजमा सबैभन्दा बढी रु १३ करोड ८१ लाख सात हजार ६४३ र सबैभन्दा कम मङ्सिरमा रु पाँच करोड ३८ लाख तीन हजार ४९२ सङ्कलन भएको प्रमुख शाहले बताउनुभयो । त्यस्तै भदौमा रु १० करोड ३६ लाख ७६०, कात्तिकमा रु नौ करोड १५ लाख ५० हजार १०८ र साउनमा रु पाँच करोड ७० लाख ५६ हजार ४१० सङ्कलन भएको छ । 

    AGNI GROUP

    त्यसैगरी विसं २०७४ देखि स्मार्ट लाइसेन्स वितरणकार्य शुरु गरेको यातायात व्यवस्था कार्यालय कैलालीले हालसम्म ३८ हजार ५० जनालाई स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ । स्मार्ट कार्डका लागि कार्यालयमा अहिलेसम्म ५५ हजार ४५६ जनाको आवेदन परेको कार्यालय प्रमुख शाहले बताउनुभयो । छयालीस हजार ९६१ वटा स्मार्ट कार्ड प्रिन्ट भइसकेको र पाँच हजार ४२५ प्रिन्ट हुन बाँकी रहेको उहाँले बताउनुभयो । आठ हजार ९११ स्मार्ट कार्ड कार्यालयमा आई वितरण गर्न बाँकी रहेको बताइएको छ ।त्यसैगरी कार्यालयमा हालसम्म विभिन्न किसिमका निजी, भाडाका, सरकारी, संस्थागतलगायतका सवारी साधन गरी एक लाख २४ हजार ७०० बस, ट्रक, टिपर, जेसिबी, कार, डेलिभरी भ्यान, ट्र्याक्टर, पावरटिलर, स्कुटी, मोटरसाइकल, इ–रिक्सा दर्ता भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij