Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

छ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा

छ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा

  •  काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका छ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०ः१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित रहेको भेटिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
      
    चौध कर्मचारी बिनापोशाक कार्यालयमा उपस्थित भएको भेटिएका छन् । अर्घाखाँची अस्पतालका २७, स्वास्थ्य कार्यालयका सात, जिल्ला आयोजना कार्यालय एकाइका पाँच, शिक्षा विकास तथा समन्वय एकाइका चार, कृषि ज्ञान केन्द्रका चार, सन्धिखर्क सबडिभिजन कार्यालयका चार र डिभिजन वन कार्यलयका दुई कर्मचारी बिनाजानकारी अनुपस्थित देखिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका एक, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका एक, विशेष नापी कार्यालयका एक र कोष तथा लेखा नियन्त्रक कार्यालयका एक गरी ६१ कर्मचारी बिदा स्वीकृत तथा काज स्वीकृत नगरीकनै कार्यालयमा अनुपस्थित भएको भेटिएका हुन् ।त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची तीन, स्वास्थ्य कार्यालय अर्घाखाँचीका तीन, मालपोत कार्यालय अर्घाखाँचीका एक, जिल्ला आयोजना कार्यालय एकाइका एक, शिक्षा विकास तथा समन्वय एकाइका दुई, सडक पूर्वाधार विकास कार्यालयका दुई, सिँचाइ विकास डिभिजन कार्यालयका एक र अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका एक गरी १४ कर्मचारीले पोशाक नलगाएको भेटिएको प्रजिअ पौडेलले बताउनुभयो । 

    AGNI GROUP

    पत्रकारमाथि आँच आउँदैनः अध्यक्ष आचार्य

    नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको र त्यसको असर सञ्चार क्षेत्रमा पनि परेको बताउनुभएको छ ।  कुनै पत्रकार भोकै बस्नु नपर्ने उल्लेख गर्दै पत्रकारको पत्रकार महासङ्घ साझा र अभिभावक संस्था भएकाले पत्रकारमाथि आँच आउन नदिइने उहाँले बताउनुभयो । अध्यक्ष आचार्यले कोभिडका कारण पत्रकारिता क्षेत्र आर्थिक सङ्कटबाट गुज्रिएको भए पनि धरासायी हुन नदिने बताउनुभयो । “पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष आचार्यले संसद् विघटन हुनु लोकतन्त्रमाथिको बज्रपात भएको बताउनुभयो । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र भुसालले सबै पत्रकार र सञ्चारमाध्यमले आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij