Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

 रासस समाचार प्रभावः  मजदुरलाई ‘ब्ल्याङ्केट’ प्रदान

 रासस समाचार प्रभावः  मजदुरलाई ‘ब्ल्याङ्केट’ प्रदान

  • काठमाडौ । पर्यटकीय लेक घुम्टे जोड्ने पदमार्ग निर्माणमा खटिएका मजदुरलाई प्रवासीको सहयोगमा ‘ब्ल्याङ्केट’ प्रदान गरिएको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका दिनेश, दुर्गा र कृष्ण थापाले रु २१ हजार बराबरका १० वटा ‘ब्ल्याङ्केट’ सहयोग गर्नुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय समाचार समिति (रासस) ले गत बिहीबार ‘पदमार्ग बनाउन वनको बास’ शीर्षकमा समाचार दिएपछि सो सहयोग जुटेको हो । सो समाचारबाट प्रभावित भएर थापात्रयले ‘ब्ल्याङ्केट’ खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।“म आफैँले लगेर ब्ल्याङ्केट वितरण गरेँ, जाडोमा न्यानो ब्ल्याङ्केट पाउँदा मजदुर खुसी भए”, थापाले भन्नुभयो । जाडोको समेत पर्वाह नगरी जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटेका मजदुरको दुःखमा सारथी बनेकामा सहयोगीप्रति उहाँले आभार व्यक्त गर्नुभयो । “सहयोग सानो÷ठूलो जे भए पनि सद्भाव मुख्य कुरा हो”, अध्यक्ष थापाले भन्नुभयो । एउटा ‘ब्ल्याङ्केट’को मूल्य रु दुई हजार १०० परेको उहाँको भनाइ छ । 

    AGNI GROUP

    पदमार्ग निर्माणमा बडिगाड गाउँपालिका, फोर्साका १० जना मजदुर खटिएका छन् । पदमार्ग निर्माणस्थल गाउँदेखि डेढ÷दुई घण्टाको दूरीमा रहेकाले मजदुरले जङ्गलमै काठ, स्याउला र खरको टहरो बनाएर बसेका छन् । 

    दैनिक आउजाउ गर्न गाह्रो हुने र समय पनि खेर जाने देखिएपछि मजदुरले उतै बसेर काम गरिरहेको अध्यक्ष थापाको भनाइ छ । जटिल भूबनोटमा जोखिम मोलेरै भए पनि पदमार्ग निर्माणलाई गति दिइएको छ । तीन वर्षअघि निर्माण थालिएको मल्मको भीमसेन ढुङ्गादेखि घुम्टे जोड्ने पदमार्गको दोस्रो खण्डमा अहिले काम भइरहेको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १० लाख बजेटबाट ठुलासम्मदेखि गल्लाको घाँटीसम्म एक किलोमिटर पदमार्ग बन्ने छ । यस्तै १०० मिटरमा ‘रेलिङ’ राखिने छ ।
     
    दुई खण्डमा बाँडिएको भीमसेन ढुङ्गा–घुम्टे पदमार्गको दूरी झण्डै १० किलोमिटर छ । पहिलो भीमसेन ढुङ्गादेखि राम्चेढुङ्गासम्म छ । राम्चेढुङ्गादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । पहिलो वर्ष दुवै खण्डमा रु १०÷१० लाख बराबरको काम भएको थियो ।गत आवमा भने दोस्रो खण्डलाई मात्र बजेट आयो । यो वर्ष पनि सोही खण्डमा मात्र काम अघि बढेको छ । पहिलो खण्डमा भने आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा ५०० मिटर पदमार्ग निर्माण भएको छ । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij