Jun 16 2026 | २०८३, असार २ गते
ललितपुर । चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको मुख्य कारण बन्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भन्नुभयो “मुलुकका भित्री सहरमा प्राकृतिक विपद् आउँदा प्रयोग गर्न मिल्ने खुला क्षेत्र अभाव भएकाले सोको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दछु ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो, “हामीले विपद्का बेला प्रयोग हुने मानवीयका साथै भौतिक स्रोत साधनलाई पुल्चोकस्थित जुद्धवारुणयन्त्र कार्यालयको एउटै छानामुनि तयारी अवस्थामा राखिरहेका छौं ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सन् २०३० सम्ममा मुलुकलाई सुरक्षित बनाउनका लागि प्रशस्तै योजना अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा हुने विभिन्न प्रकारका विपद्को पूर्वानुमानका लागि प्रविधिका साथै संंयन्त्र पनि तयार अवस्थामा अघि बढाउनेछाँ ।”
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जोखिम न्यूनीकरणका लागि संस्थागतका साथै व्यवस्थित काम गर्न जरुरी भएको धारणा राख्नुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij