Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

वन्यजन्तु बस्ती पसेपछि सर्वसाधारण हैरान

वन्यजन्तु बस्ती पसेपछि सर्वसाधारण हैरान

  • काठमाडौं । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसान हैरान छन् । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्तीमा पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।नीलगाई र बँदेल हुल ९समूह० मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् । बाँदर र दुम्सीले भने वन क्षेत्र नजिकका बस्तीमा आतङ्क मच्चाएका जिल्लाका सर्वसाधारणको भनाइ छ ।

    onlinepatrika
    Arghakhachi

    अहिले हिउँदे तरकारी र केराका बोट बँदेल र नीलगाईले नोक्सान गर्ने गरेको भारतीय सीमावर्ती जलेश्वर नगरपालिका–५ चौडिया बस्तीका रहिमन मण्डल बताउनुहुन्छ । दिनभरि झाडीमा लुकेर बस्ने नीलगाई र बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको मण्डलको भनाइ छ । नीलगाई जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका बस्तीमा पनि बाक्लै देखिएका छन् । नीलगाईचाहिँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेलले भने बस्तीभित्रै पसेर घरकरेसाका केराका थामसमेत लडाउने गरेको सम्सीगाउँका इम्तियाज अहमद बताउनुहुन्छ ।नीलगाई मानिसको दचकले भाग्ने गरे पनि बँदेलचाहिँ झम्टन आउने गरेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताउनुभयो । बँदेलले प्रत्येक रातजसो पूmलगोभी, बन्दागोभी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलका डरले खेतबारी डुल्न, घाँसपातको काममा निस्कन डर लाग्ने गरेको रामगोपालपुर नगरपालिकाको सहसौला बस्तीका चैनकिशोर यादव बताउनुहुन्छ ।

    AGNI GROUP

    जिल्लाको बर्दिवास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरिपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भूचक्रपुर, राजपुर र धतियाटोलतिर त पछिल्ला चार÷पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ । बँदेलले त कैयन छिमल बच्चा पनि यतै हुर्काइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउनुहुन्छ । दुम्सी पनि आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेको दाहालको भनाइ छ । नीलगाई, बँदेल र दुम्सी जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वनक्षेत्र वरिपरिका बस्तीबाट तल नझरेका सर्वसाधारण बताउँछन् । उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनियाँ र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरूको भनाइ छ ।वनक्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीहरूको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेकाहरूको भनाइ छ ।
    –––

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij