Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

लागुऔषध नियन्त्रणमा वाग्मती प्रदेश प्रहरी

लागुऔषध नियन्त्रणमा वाग्मती प्रदेश प्रहरी

  • काठमाडौं । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकालापमार्पmत कार्य सञ्चालन गरेको हो । कार्यअन्तर्गत विभिन्न जिल्लामा लगाइएको प्रतिबन्धित गाँजाखेती नष्ट गर्नुका साथै लागुऔषधको ओसारपसार नियन्त्रणमा अन्य काम गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    वाग्मती प्रदेशभित्र पर्ने मकवानपुर, चितवन, सिन्धुली, धादिङलगायतका जिल्लामा अवैध लागुऔषध गाँजाखेती हुने र पूर्वपश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसारपसार गर्ने मार्ग रहेको हुँदा लागुऔषधको गैरकानूनी खेती र ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले कारवाही अभियान सञ्चालन गरिएको हो ।कार्यालयका अनुसार विभिन्न मितिमा गरी पुस महिनाको हालसम्मको अवधिमा ३७१ बिघा ५६ कठ्ठा २७ धुर जग्गा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जनाकारी दिनुभयो । यस अभियानलाई प्रभावकारी बनाउन प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा गरी ४२८ प्रहरी कर्मचारी परिचालित गरिएको थियो ।

    AGNI GROUP

    मकवानपुरमा मात्रै पुस महिनामा २३५ बिघा पाँच कठ्ठा पाँच धुरमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ भने चितवनमा ५० बिघा, सिन्धुलीमा ६३ बिघा २५ कठ्ठा १० धुर र धादिङमा २१ बिघा आठ कठ्ठा गरी मङ्सिरमा मात्रै ३७१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाअन्तर्गतका वडा नं ८ र ९ मा मङ्सिर २१ देखि २३ गतेसम्म सञ्चालन गरिएको गाँजा फडानीअन्तर्गत २२३ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको उहाँले बताउनुभयो ।

    मङ्सिर महिनालाई लागुऔषधविरुद्धको कारवाही अभियानको रूपमा सञ्चालन गर्ने क्रममा गाँजा ९६ केजी, लागुऔषध चरेस ५० केजी बरामद भएको छ । त्यस्तै औषधिजन्य लागुऔषधअन्तर्गत डाइजेपाम ७५ एम्पुल, फेनार्गन ७२ एम्पुल, नुर्फिन ७५ एम्पुल, नाइट्रोभेट एक हजार २०० ट्याब्लेट, नाइट्रेजेपाम ४५ ट्याब्लेटलगायतका लागुऔषध बरामद गरिएको छ ।मङ्सिर महिनाभित्र लागुऔषध ओसारपसार गर्ने २०  व्यक्तिलाई समेत पक्राउ गरिएको छ भने फरार चार जनाको खोजतलास भइरहेको छ । लागुऔषध ओसारपसार संलग्न छ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले जानकारी दिनुभयो ।

    यस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा अवैधरूपमा लगाइएको गाँजा, अफिमखेती नष्ट गर्ने काम अझैसम्म सम्पन्न नभइसकेकाले लागुऔषधको अवैध खेती नष्ट गर्ने अभियानलाई पुस महिनामा पनि निरन्तरता दिने काम भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij