Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

गहुँका लागि पर्याप्त मल

गहुँका लागि पर्याप्त मल

  • काठमाडैं । गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नं १ का लागि पर्याप्त रहेको छ ।  कार्यालयमा अहिले एक हजार २६६ मेट्रिक टक युरिया, एक हजार ३४३ मेट्रिक टन डिएपी मल र एक हजार ३८८ मेट्रिक टन पोटास मौज्दात  छ । केही दिनभित्रै एक हजार मेट्रिक टन युरिया आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका कार्यालय प्रमुख नवरत्न गौतमले बताउनुभयो । यस वर्ष पहाडी जिल्ला ओखलढुङ्गामा पनि सेवा विस्तार गर्नुपर्ने भएकाले लहान कार्यालयबाट मल उपलब्ध गराइने जनाइएको छ । कार्यालयले पूर्वी क्षेत्रमा सुनसरीको इटहरी, धनकुटा, इलाम, झापाको बिर्तामोड र  उदयपुरको गाईघाटबाट किसानलाई मल उलब्ध गराइरहेको छ ।
     
    यसैगरी साल्ट ट्रेडिङ कम्पनी लिमिटेड विराटनगरमा अहिले चार हजार ३५० मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी मौज्दात रहेको लिमिटेडका प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो । उहाँले निकट भविष्यमै पाँच हजार मेट्रिक टन डिएपी, दुई हजार ५०० मेट्रिक टन पोटास र सात हजार मेट्रिक टन युरिया आउने निश्चित रहेकाले कुनै पनि किसानले गहुँमा मल हाल्न पाइन भन्ने अवस्था नरहने  ठोकुवा गर्नुभयो ।गहुँलाई चाहिने मल पर्याप्त रहेको तथा अहिलेको मौज्दात तथा मल आउने क्रम जारी रहेकाले केही समयपछि यस क्षेत्रमा लगाइने गर्मा धानका लागि पनि पाइने प्रमुख चौधरीले जानकारी दिनुभयो । 

    onlinepatrika
    Arghakhachi

    अहिले ५० केजी युरिया मलको मूल्य रु ७५० र ५० केजी डिएपी मलको मूल्य रु दुई हजार २०० छ । सरकारको मातहतका कार्यालयबाट वितरण हुने मलले नै किसानको खेतबारीलाई राम्रो गर्ने भएकाले भारतबाट गुणस्तरहीन मल ल्याउन नहुने कृषिविज्ञ बताउँछन् । यस वर्ष समयमै रासायनिक मल किसानले पर्याप्त मात्रामा नपाएकाले  भारतबाट अवैध रुपमा भित्र्याइएको छ  ।  यसबाट किसानको खेत पनि बिग्रिने र बालीमा रोग र कीराको  प्रकोप बढ्ने चेतावनी दिइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij