Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

हात्ती आतङ्कः गस्ती टोलीबाट दैनिक सुरक्षा

हात्ती आतङ्कः गस्ती टोलीबाट दैनिक सुरक्षा

  • काठमाडैं । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा दैनिक छावासहित आउने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् ।दिनभरि नजीकै रहेको आदर्श नमूना सामुदायिक वन क्षेत्रभित्र बस्ने र साँझ पर्ने बित्तिकै गाउँ पसेर किसानले लगाएको सागसब्जी कुल्चेर नष्ट गर्ने, घरभित्र थन्क्याएको अन्नसमेत खाइदिएको हुँदा उनीहरु ज्यान बचाउनु कि अन्न भन्ने कुराले त्रसित बनेका हुन् । 

    onlinepatrika
    Arghakhachi

     “दैनिक कहिले दुईतीनवटा त कहिले बच्चासहित आउने जङ्गली हात्तीले हैरान पारिसके”, हात्ती मानव द्वन्द्व न्यूनीकरण समितिका सचिव सीताराम बास्तोलाले भन्नुभयो, “ज्यान जोगाउनु कि अन्न । बल्ल वर्षभरि खाने धान घर भित्र्याइएको छ, त्यो पनि हात्तीले ढिकुटी नै उधिनेर खान थाल्यो ।” उहाँले हात्ती धपाउनका लागि डिभिजन वन कार्यालयसँग पटकपटक साइरनसहितको गाडी माग गरे पनि बेवास्ता गरेको आरोप लगाउनुभयो । सचिव बास्तोलाले घरघर आउने हात्तीका कारण रातभर अनिदो बस्ने गरेको बताउनुभयो । हालसम्म थाल ठट्टाएर, होहल्ला गरेर र पुल्टो बालेर हात्ती धपाउँदै आएको उहाँको भनाइ छ । “खेतमा धान हुन्जेल भित्र्याउन नपाइएला भन्ने चिन्ता थियो”, उहाँले भन्नुभयो, “जसोतसो बचाएर घर त भित्र्याइयो, बच्चासहितको हात्ती सिधै घरतिरै आउन थालेपछि धानसँगै ज्यान जोगाउनै मुस्किल भयो ।”
     डिभिजन वन कार्यालय झापाका फरेस्टर डिल्लीराम खरेलले बुद्धशान्ति गाउँपालिकाका कुनै पनि वडाबाट हात्तीले क्षति पु¥याएको गुनासो हालसम्म

    AGNI GROUP

    नआएको बताउनुभयो । उहाँले गुनासो आएका र हात्ती भएका स्थानमा कार्यालयले साइरनसहितको गाडी पठाएर रातभर सुरक्षा दिँदै आएको बताउनुभयो ।उहाँका अनुसार जिल्लाका अन्य क्षेत्रभन्दा मेचीनगरको चारआली र भद्रपुर नगरपालिकाको पृथ्वीनगर क्षेत्रमा आठवटा रैथाने हात्ती देखापरेकाले सो क्षेत्रमा साइरनसहितको गस्ती टोलीले दैनिक सुरक्षा प्रदान गरिरहेको छ । फरेस्टर खरेलले चालू आर्थिक वर्षको पाँच महिनामा जङ्गली हात्तीले अन्नबाली नष्ट गरेबापत राहतका लागि डिभिजन वन कार्यालय झापाको कार्यालयमा दुई हजार छवटा निवेदन दर्ता भएको बताउनुभयो । तीमध्ये साउनमा सबैभन्दा बढी ७६, भदौ ५२, असोज ५७, कात्तिक २४ र मङ्सिरमा १६ वटा राहतका लागि किसानले निवेदन दर्ता गराएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij