Jun 15 2026 | २०८३, असार १ गते
वीरेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गर्ने अभियान थालेको छ । कार्यालयले ठूलो आवाज निकाल्ने ३५ मोटरसाइकलका साइलेन्सर तानेको जनाएको छ । सवारी व्यवस्थापन तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बुलेट मोटरसाइकलका साइलेन्सर तानेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी गराउनुभयो ।
सडकमा हिँड्ने नागरिकलाई समेत त्रसित बनाएर ठूलो आवाज निकाल्ने ३५ वटा बुलेट मोटरसाइकलका साइलेन्सर निकालेको प्रमुख आचार्यले बताउनुभयो । उहाँले ध्वनि प्रदूषण नियन्त्रण गर्न एक महिने अभियान नै सञ्चालन गरेको बताउनुभयो । “नयाँ मोटरसाइकल खरिद गर्दा हुने वास्तविक ध्वनिलाई मोडिफाइ गरेर ध्वनि बढाइएको पाएपछि कारवाहीका लागि साइलेन्सर तानेका हौँ”, आचार्यले भन्नुभयो, “सवारी ध्वनिले वीरेन्द्रनगर बजार क्षेत्रमा साइलेन्सर मोडिफाइ नगर्ने प्रतिबद्धता जनाएपछि मात्रै कारवाही गरेर छाड्ने छौँ ।”
उहाँले सवारी मापदण्डअनुसार आफूखुशी स्वरुप परिवर्तन गर्ने र ठूलो आवाज निकाल्ने सवारी देखेमा तत्काल प्रहरीलाई खबर गरिदिन अपिल गर्नुभयो । रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij