Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

लोपोन्मुख रैथाने बाली उत्पादन र बजारीकरणमा जोड

लोपोन्मुख रैथाने बाली उत्पादन र बजारीकरणमा जोड

  • सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बालीको बजारीकरणसम्बन्धी पहल गरिने भएको छ । बुधबार सरोकारवाला निकायसँग कृषि विकास कार्यालयमा बसेको समन्वयात्मक बैठकले जिल्लामा लोपोन्मुख रैथाने बालीलगायत अन्य बालीको संरक्षण, उत्पादन र बजारीकरणका लागि छलफल गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

     जिल्लामा उत्पादित रैथाने बाली कसरी जोगाउन सकिन्छ, यसको बजारीकरण कसरी गर्न सकिन्छ र जिल्ला बाहिरबाट आयातित खाद्यान्नको न्यूनीकरण गरी जिल्लामै उत्पादन भएका रैथाने बालीलाई उपभोक्ताको घर घरमा पुर्याउने र जिल्ला बाहिरको मागलाई कसरी पूर्ति गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको जिल्ला कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखतबहादुर खड्काले जानकारी दिनुभयो । 

    AGNI GROUP

        रैथाने बाली संरक्षणका लागि लोप हुन लागेका स्थानीय उत्पादनलाई प्रथामिकता दिने, बजारीकरणका लागि जिल्ला सदरमुकाम सिमकोटलगायतका पायक पर्ने स्थानमा कोसेली घर स्थापना गर्ने र रैथाने बालीको विविधीकरणका लागि जिल्लाका सातवटै स्थानीय तहसहित सरोकारवाला निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निर्णय गरिएको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । 

        जिल्लामा रैथाने बाली कोदो, फापर, चिनो, कागुनो, मार्सी, आलु, धानलगायतको संरक्षणका साथै कृषकले उत्पादन गरेका यी बालीको बजारीकरणका लागि कोसेली घरको व्यवस्था गरिने भएको छ । पोषणका दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमी, मार्सीलगायतका बाली बजारको खोजीका लागि कृषि विकास कार्यालय लागि पर्ने भएको प्रमुख खड्काले जानकारी दिनुभयो । 

     पोषणको दृष्टिले महत्वपूर्ण मानिएको तर अहिले हुम्लीको भान्छामा कमै प्रयोग हुने गरेकाले रैथाले बालीलाई प्रवद्र्धन एवं संरक्षण गर्न कृषि विकास कार्यालय हुम्लाले पकेट क्षेत्र छनोट गर्ने भएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “लोपोन्मुख अवस्थाका रैथाने बालीलाई नयाँ कृषि कार्यक्रममार्फत प्रवद्र्धन गर्नेछौँ । यसले कुपोषणबाट मुक्त हुन तथा मानिसको स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्दछ ।”  

     रैथाने बालीको उत्पादन बढाई बजारीकरणमा कृषकलाई सहयोग गरिने भएको छ । यसैको माध्यमबाट लोपोन्मुख रैथाने बाली प्रवद्र्धन–संरक्षण गर्ने कार्यक्रम बनाइने भएको छ । रैथाने बाली उत्पादन गरी प्याकेजिङ र ब्रान्डिङ गरी बजारमा सजिलै उपलब्ध गराउने हेतुका साथ सरोकारवाला निकार्यसँग बुधबार  यो कार्यक्रम सञ्चालन गरिएको हो । 
     
     जिल्लाका गाउँगाउँमा अन्न खाडलमा हालेर राख्ने तर जिल्ला बाहिरको कुपोषित खानाको प्रयोग बढेकाले यसलाई न्यूनीकरण गर्दै जिल्लामै उत्पादन भएको रैथाने बालीबाट बनेका पोषिलो खानालाई दिउँसो नास्ता÷खाजाका रूपमा प्रयोग गर्नुपर्ने तथा विद्यालयमा विद्यार्थीलाई दिवा खाजाका रूपमा पनि रैथाने बालीको प्रयोग गर्नुपर्ने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij