Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

पलको विपक्षमा वकिलको पल्टन

पलको विपक्षमा वकिलको पल्टन

  • काठमाडौं । एक नाबालिग गायिकालाई जबर्जस्तीकरणी गरेको अभियोग लागेका अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताहरु बहस गर्न तयार भएका छन् । पीडितको न्यायका लागि बहसमा जोडिन अधिवक्ता मोहना अन्सारीले सामाजिक सञ्जालबाट आग्रह गरेपछि २२ जना अधिवक्ताहरुले इच्छा देखाएका हुन् । अब उनीसहित २२ जना अधिवक्ताले नाबालिगको पक्षमा बहस गर्नेछन् ।
     
    पलको विपक्षमा मोहना अन्सारी, मिरा ढुङ्गाना, सुष्मा बाँस्कोटा, ओम अर्याल, राधिका खतिवडा, ईला शर्मा, सरिता तिवारी, कुमारी खरेल, मनिष कुमार श्रेष्ठ, केदार गुरागाईँ, रामेश्वर कोइराला, अञ्जना अर्याल, अपेक्षा निरौला, अमृता अर्याल, माया घिमिरे, जयन्ती पाठक, रुपा पोखरेल, दिल कुमारी राई, शैलेन्द्र प्रसाद अम्बेडकर, विकास भट्टराई, शिवजी भण्डारी र राहुल झाले बहस गर्नेछन् ।
     
    नाबालिगले आफ्नो तर्फबाट अदालतमा बहस गर्नका लागि अधिवक्ता राधिका खतिवडालाई रोजेकी छन् भने पलको तर्फबाट विवि विष्टले वकालत गर्नेछन् । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट