Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बन्दाबन्दीमा पीडितले दिन पाएनन् उजुरी

बन्दाबन्दीमा पीडितले दिन पाएनन् उजुरी

  • केदार मगर,खोटाङ । मानवअधिकार हननका घटना वृद्धि भए पनि यस वर्ष खोटाङका अधिकांश पीडितले न्यायका लागि सम्बन्धित निकायमा उजुरी दिन नपाएको एक कार्यक्रमका वक्ताले बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    अनौपचारिक क्षेत्र सेवा केन्द्र खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनीहरुले जिल्लामा यस वर्ष मानवअधिकार हननका घटना गत वर्षको तुलनामा वृद्धि भए पनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दीका कारण पीडितले न्यायका लागि सम्बन्धित निकायमा उजुरी दिन नपाएको बताएका हुन् ।

    AGNI GROUP

    दिक्तेलस्थित हलेसी न्यूज नेटवर्क प्रालिको कार्यालयमा आयोजित कार्यक्रममा वर्ष दिनको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै इन्सेक खोटाङका प्रतिनिधि रामधन राईले सन् २०२० मा जिल्लामा विभिन्न प्रकृतिका १८ मानवअधिकार हननका घटनाको मात्र अभिलेख रहेको बताउनुभयो । 

    प्रतिवेदनमा सो अवधिमा छ जनाको हत्या, एक बालिकाकासहित सात बलात्कृत तथा एक बालिका र एक महिलामा बलात्कार प्रयास भएको घटना समावेश गरिएको छ । इन्सेक प्रतिनिधि राईले विसं २०७६ चैत ६ गते स्थानीय विनोद राईको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी ३७ वर्षीया तुलसा कार्कीले अझै न्याय नपाएको बताउनुभयो । “कुटपिटबाट पीडित बन्नुभएकी कार्कीले गत जेठ २० गते इलाका प्रहरी चौकी हलेसी र असार १६ गते जिल्ला अदालत खोटाङमा मुद्दा दर्ताका लागि उजुरी दिनुभएको थियो”, उहाँले भन्नुभयो, “बन्दाबन्दीको कारण देखाउँदै सम्बन्धित निकायले उजुरी दर्ता गर्न नमानेपछि पीडित कार्कीले अझै न्याय पाएका छैनन् ।”

    बालबालिका तथा महिलामाथि बलात्कार र घरेलु हिंसाका घटना दिन प्रतिदिन बढिरहेकाले यस्ता घटनाको न्यूनीकरणमा सरोकारवालाको ध्यान जान आवश्यक रहेको हलेसी न्यूज प्रालिका अध्यक्ष हरिवोल आचार्यले बताउनुभयो । “इन्सेकले स्थानीय तहसम्म पुगेर मानवअधिकार उल्लङ्घनका घटना सङ्कलन तथा उजागार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “इन्सेकले सामाजिक चेतना, कानूनी उपचार तथा न्याय दिलाउने कार्यमा सक्रियता बढाउनुपर्ने देखिन्छ ।”

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij