Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एकीकृत समाजवादी स्थानीय निर्वाचनमा गठबन्धन बनाएर जाने पक्षमा

एकीकृत समाजवादी स्थानीय निर्वाचनमा गठबन्धन बनाएर जाने पक्षमा

  •  
    काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । सचिवालय बैठकको मिति टुंगो लाग्न बाँकी भएतापनि दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको र सचिवालय बैठकबाट संयन्त्र बनाइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi


    स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ । सत्तारूढ अर्को दल नेकपा (माओवादी केन्द्र) को पनि गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा जोड छ । गठबन्धन बनाउन अधिक जोडबल गर्ने नेताहरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।

    AGNI GROUP

    ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बनेको कांग्रेस नेतृत्वमा रहेको वर्तमान पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित नभएतापनि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनबारे सकारात्मक छन् । देउवाले गठबन्धनविरुद्धमा उभिएका पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्ने निर्देशनसमेत दिएका छन् । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट