Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुर्घटनारहित होली पर्व बनाउन ट्राफिक व्यवस्थापनमा कडा

होली व्यवस्थित पार्न एकहजार ट्राफिकको टोली

होली व्यवस्थित पार्न एकहजार ट्राफिकको टोली

  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली) लाई व्यवस्थित र सुरक्षित बनाउन व्यवस्थापन कडा गरिएकाे छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन उपत्यकाको तीनै जिल्लामा एक हजार तीन सयभन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापनमा कडा गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने भएको छ । होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाइतथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिँदै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार ब्रिफिङसमेत गरेका छन् ।

    AGNI GROUP

    होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ शुरु गर्ने भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij