Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

श्रीमान् विदेश : श्रीमती परपुरुषसँग गएपछि ...

श्रीमान् विदेश : श्रीमती परपुरुषसँग गएपछि ...

  • तनहु । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

     महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी   दिनुभयो । “पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौँ”, उहाँले भन्नुभयो, “उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन ।” 

    AGNI GROUP

     पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता लगाईसके पनि कसैलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । “ती बालिकालाई पनि उनीहरुले सँगै लगेको हुनसक्ने अनुमान गरेका छौँ”, प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले भन्नुभयो, “प्रहरीले ती महिला र पुरुषको खोजी कार्यलाई तीव्रता दिँदै आएको छ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij