Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

अर्थमन्त्रीको राजीनामा माग

अर्थमन्त्रीको राजीनामा माग

  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ ।अर्थमन्त्रीले अर्थतन्त्र सुधारमा आवश्यक पहल कदमी नगरेको भन्दै सो बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले राजीनामाको माग गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका स्नेहीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि माग गरेको बजेट विनियोजनमा ढिलाई, अर्थतन्त्रको सूचकलगायतका कारण अर्थमन्त्री शर्मा असक्षम भइसकेकोले सत्ता गठबन्धनभित्र छलफल गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको बताए ।

    AGNI GROUP

    उनले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । उनले भने,' नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री बन्ने अरु व्यक्तिहरु छैनन् । देशको अर्थतन्त्रलाई सही ट्रयाकमा लिएर जाने अरु मान्छेहरु हुनुहुन्न ?'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij