Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

  • भक्तपुर । नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    आफन्तसहित रासस कार्यालय भक्तपुरमा आज आइपुग्नुभएका बेपत्ता राईका पिता भोजपुर हतुवागढीका लालकुमारले बेपत्ता छोराको खोजी गरिदिन प्रहरी, मानव अधिकारकर्मी, पत्रकार तथा आफन्तजनलाई अनुरोध गर्नुभएको छ । 

    AGNI GROUP

    बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा गत माघदेखि नेत्र सहायकका रुपमा कार्यरत राई गत कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट साथी भेट्न भन्दै भोटेकोशी गाउँपालिका चाकु गएपछि नफर्केको उहाँले जानकारी दिनुभयो । २०७६ माघदेखि त्यहाँका बासिन्दालाई आँखाको उपचारमा सेवा पु¥याउने उद्देश्यले अस्पतालले पठाएपछि स्वास्थ्य केन्द्रमा कार्यरत राई केन्द्रसँगैको घरमा भाडामा बस्दै आएका थिए । 

    बेपत्ता राईका परिवारका अनुसार कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रका फार्मेसीमा कार्यरत सृष्टि श्रेष्ठसँग आफ्नै को।२१प। ५७९९ नंको मोटरसाइकलमा बाह्रबिसेको पुल नजीकैसम्म गएको र त्यहाँबाट एक्लै भोटेकोशी गाउँपालिकास्थित चाँकुमा साथी राकेश श्रेष्ठलाई भेट्न गएकामा त्यसै दिनदेखि बेपत्ता भएका हुन् । 

     आफन्तले बाह्रबिसेदेखि चाकुसम्म पुगेर खोजतलास गर्दा राकेशलगायत चारजनासँगै बसेर खानपान गरेपछि राकेश र राईले  हिन्दी गएर चाकु फर्केपछि बाह्रबिसे कोठातर्फ फर्किएको भनिए पनि कोठामा नआइपुगेको पिता लालकुमारले जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन राति ८ः३० बजेसम्म काठमाडौँ बस्ने दिदीले दुईवटै नं मा फोन गर्दा घण्टी गएको तर नउठाएको र मङ्सिर २८ गते पनि फोन जाने तर नउठाउने र पछि स्विच अफ भएको मोबाइल अहिलेसम्म खुलेको छैन । 

    लालकुमारले भन्नुभयो, “छोरासँग सम्पर्क नभएपछि तत्कालै बाह्रबिसे पुगेर कतै दुर्घटना पो भयो कि भनेर बाह्रबिसेदेखि भोटेकोशी, चाकु सबैतिर खोजी गरिसक्यौँ, सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि मान्छे, मोटरसाइकल केही भेटिएन, शङ्कास्पद व्यक्तिमाथि किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी लिएन ।”
     
     तिलगङ्गा आँखा अस्पतालमा कार्यरत उहाँका आफन्त कैलाश राईले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रदेखि भोटेकोशीसम्म खोज्दा पनि नभेटिएको बताउँदै बाह्रबिसे नगरपालिका, यहाँको स्वास्थ्य केन्द्र, प्रहरी सबैतिर खोजी गरिदिन आग्रह गरेपनि अझै पत्ता नलागेको बताउनुभयो ।

    यस बारेमा बाह्रबिसे प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहसँग सम्पर्क गर्दा उहाँले सम्भावित एवं शङ्कास्पद सबै ठाउँमा खोजी गर्दा पनि बेपत्ता राईको पत्तो नलागेको बताउनुभयो । उहाँले जनप्रतिनिधिसहितको सहयोगमा भोटेकोशीको खोला किनारादेखि सम्भावित अन्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको, मोबाइलको अन्तिम लोकेशन जिरो किलोसम्म देखिएकाले काभ्रेको प्रहरीलाई समेत खबर गरी खोजी भइरहेको जानकारी दिनुभयो । 
     
    शङ्कास्पद व्यक्तिहरु, बेपत्ता राईसँग नजीक रहेका भनिएका सृष्टिदेखि राकेश श्रेष्ठलगायत अन्यसँग सोधपुछ र निगरानी गरिरहेको जानकारी दिँदै खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij