Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

कृषकले तेजपातको उचित मूल्य पाएनन्

कृषकले तेजपातको उचित मूल्य पाएनन्

  • उदयपुर । तेजपातका मूल्यमा विचौलियाले गरेको चलखेलका कारण कृषक मारमा पर्दै आएका छन् ।  प्रदेश नम्बर १ मा सबैभन्दा वढी यस जिल्लामा तेजपात उत्पादन हुनेगर्दछ । 
     
     जिल्लाभित्र र बाहिरका विचौलिया आएर तेजपातको मूल्य निर्धारण गर्दा कृषकले उचित मूल्य नपाएको बताइएको छ ।  प्रतिकिलो रु २५ देखि रु ४० भन्दा बढीमा बिक्री हुन नसक्दा आफूहरु समस्यामा परेको रौतामाई गाउँपालिका–१ मुर्कुचीका दिव्यराज बुर्जामगरले जानकारी दिनुभयो  ।

    onlinepatrika
    Arghakhachi

    उहाँ भन्नुहुन्छ, “दश वर्षदेखि आफूहरुले रु २५ देखि रु ४०  प्रतिकिलो बिक्री गरेको तेजपात अहिले पनि विचौलियाको कारण उही मूल्यमा बिक्री गर्न बाध्य हुन परेको छ ।” स्थानीय बजारका विचौलिया गाउँमा प्रवेश गरेर मूल्य निर्धारण गर्ने र सस्तोमा बिक्री गर्न बाध्य बनाउने गरिएको बताइएको छ ।  उनीहरुले बाहिरका व्यापारीलाई प्रतिकेजी रु ६० देखि रु ७० भन्दा बढीमा तेजपात बिक्री गर्ने गरेको रौतामाई–४ मलबासेका कृषक रत्नबहादुर मगरातीले जानकारी दिनुभयो 

    AGNI GROUP

    रौतामाई गाउँपालिका नामन्तका राजकुमार मगर भन्नुहुन्छ, “स्थानीय तहका व्यापारी, ठेकेदारले बाहिरबाट आउने खरीदकर्तालाई छेकेर आउनै दिँदैनन्, अनि पहिला उनीहरुले हामीहरुबाट सस्तोमा खरीद गरेर महँगो मूल्यमा बाहिरका व्यापारीलाई बिक्री गर्दछन्, तेजपात उत्पादन गर्ने हामी कृषक यसरीनै वर्षेनी मारमा पर्दै आएका छौँ, अहिलेसम्म उचित मूल्य पाउन सकिएको छैन ।” 

     गढी गाउँपालिका–३ का धनबहादुर तामाङका अनुसार स्थानीय विचौलिया ठेकेदारले आफूहरुबाट रु ३०  प्रतिकिलो तेजपात खरीद गरेर बाहिरका व्यापारीलाई दोब्बर नाफा लिएर बिक्री गर्ने गरेका छन् । 

    स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घले  तेजपातको मूल्य वृद्धिमा उचित चासो नदिँदा बढी ठगिनुपर्ने र मर्कामा पर्नुपर्ने अवस्था रहेको कटारी–७ हर्देनीका कृषक शेषराज खत्री बताउनुहुन्छ ।

     रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले  किसानलाई तेजपातको उचित मूल्य दिन सहयोग गर्ने जानकारी दिनुभयो । जिल्लाको पहाडी क्षेत्रको रौता, उदयपुर गढी, ताप्ली, कटारी र त्रियुगा नगरपालिकाको साउने खाँबु क्षेत्रमा उत्पादन हुने तेजपात विराटनगर, वीरगञ्ज हुँदै भारततिर बिक्री हुने गरेको कृषक बताउँछन्  । जिल्लामा दश हजार हेक्टर क्षेत्रफलमा तेजपात खेती हुँदै आएको छ भने वार्षिक छ लाख केजी तेजपातसमेत उत्पादन हुँने  डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले जानकारी दिनुभयो । जिल्लामा वार्षिक रु आठदेखि दश करोडसम्मको तेजपातको बिक्री तथा कारोवार हुँदै आएको छ ।

    माछा उत्पादनमा वृद्धि

    बेलका नगरपालिकाको तपेश्वरी र चौदण्डी नगरपालिकाको हँडियाबाट व्यावसायिक रुपमा माछापालन वृद्धि   भएको छ ।  कृषिज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक १५० क्विन्टल  माछा उत्पादन हुन थालेको छ । दुई वर्षअघिसम्म जिल्लामा ९० क्विन्टलसम्म हुने गर्दथ्यो । केन्द्रका प्रमुख प्रकाश विश्वकर्माले जिल्लामा ४५ हेक्टर क्षेत्रफलमा माछापालन व्यवसाय विस्तार भएको जानकारी दिनुभयो ।  पनि जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरले बताएको छ । 

    केन्द्रले माछापालक कृषकको लागि जिल्लामा तालीम, आर्थिक सहयोग, ऋण, प्राविधिक सहयोग गर्दै आएको छ । हिउँदको सुक्खा याममा माछापालक कृषकको लागि पोखरीमा पानीको अभावमा माछा बचाउनको सहयोगको लागि अक्सिजन उत्पादन गर्ने एरियटर मेशिनसमेत व्यवस्थापन गरिदिएपछि वर्षेनी माछापालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको जनाइएको छ । जिल्लामा माछा उत्पादनमा वृद्धि भए पनि अझै आत्मनिर्भर भने बन्न सकेको छैन ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij