Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ। काठमाडौँको दहचोकमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। चन्द्रागिरि नगरपालिका त्रिवेणी चोकस्थित नमुना पेट्रोल पम्पनजिक आक्रमण गरेको हो।
आक्रमण गर्ने चितुवालाई स्थानीय र प्रहरीको सहायतामा जिल्ला वन कार्यालय हात्तीसारको टोलीले नियन्त्रणमा लिएको छ।
घाइते भएका दहचोक मिलनचोक बस्ने २५ वर्षीय ३५ का पाचु चौधरीको उपचारको लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij