Jun 18 2026 | २०८३, असार ४ गते
एजेन्सी । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले २ दिनमै राजीनामा दिएका छन्। यसअघि न्याय मन्त्रीबाट आइतबार राति राजीनामा दिएका साब्रीलाई राष्ट्रपति गोटवाया राजापाक्षेले सोमबार अर्थमन्त्री नियुक्त गरेका थिए।
साब्रीले मंगलबार दिउँसो राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। यसअघि राजापाक्षेले आफ्ना भाइ बासिल राजापाक्षेलाई २०२१ मा अर्थमन्त्री नियुक्त गरेका थिए। बासिलले क्याबिनेटका अरू सदस्यसँगै आइतबार राजीनामा दिएका थिए।
आफ्नो मन्त्रिपरिषद्का सबै २६ जना मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले सोमबार विपक्षी दललाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए। उनले मन्त्रिपरिषद्मा केही मन्त्री पनि नियुक्त गरेका थिए।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij