Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौँ । नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।
बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् ।
संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको प्रचण्डले बताए ।
अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेको बताउँदै उनले भने, ‘त्यसो भए सदनमा लैजाऔं सदनबाटै पारित गरौं भन्ने प्रस्ताव राख्यौं, सदन कसले रोक्या छ त्यही एमाले र केपी ओली गुटले ।’
सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गरेका बताउँदै, उनले अब संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच पनि नागरिकता विधेयक पारित गर्ने बताए ।
प्रचण्डले नागरिकतासम्बन्धी समस्या मधेशसमा सबभन्दा चर्को भएको र नागरिकताको समस्या समाधान नहुँदा हजारौं र लाखौं मधेसी युवाहरुले थुप्रै अवसरबाट वञ्चित हुनुपर्नेे विडम्बनाको स्थिति रहेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij