Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

ओलीको जिल्लामा टिकटमा लफडा, १२९ वडा सहित दमकमै जुटेन सहमति

ओलीको जिल्लामा टिकटमा लफडा, १२९ वडा सहित दमकमै जुटेन सहमति

  • काठमाडौं । नेपपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमक नगर पालिका सहित जिल्लाको १ सय २९ वडामा टिकको लफडा भएको छ । एमालले आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनको झापामा उम्मेदवार छनोट गर्न नसेकको हो । 

    onlinepatrika
    Arghakhachi

    जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपनि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ। 

    AGNI GROUP

    दमकको मेयरमा तीन जान आकांक्षी रहेका छन् । उनीहरुमध्ये आज उपमेयरको नाममा सहमति गर्न र त्यो नभए निर्वाचन मार्फत उम्मेदवार टुङ्गो लगाउने एमालेले तयारी गरेको छ । 

    एमालेका अनुसार झापामा रहेका जम्मा १३१ वडामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास भएपनि त्यो सफल हुन नसकेको बताइएको छ । सर्वसम्मत उम्मेदवार तय गर्न नसकेपछि मतदानबाट १३१ मध्ये १२९ वडामा मतदानबाट उम्मेदवार छान्ने तयारी भएको बुझिएको छ ।

    झापा जिल्लामा नगरपालिका र पालिका गरी १५ वटा स्थानीय तह छन् । जिल्लाभरको तथ्यांकअनुसार यसअघि २०७४ को निर्वाचनमा ७८ वडामा एमालेले जितेको थियो भने कांग्रेस ३९, राप्रपा ७, माओवादी ६ र स्वतन्त्रका १ उम्मेदवारले जितेका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij