Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

झापामा सिटौलासँग प्रसाईलाई भिडाउने एमालेको तयारी

झापामा सिटौलासँग प्रसाईलाई भिडाउने एमालेको तयारी

  • काठमाडौं । नेकपा एमालेले झापामा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलासंग दुर्गा प्रसाईलाई भिडाउने तयारी गरेको छ । झापा क्षेत्र नम्बर–३ मा भने एक वर्षपछि हुने संसदीय चुनावमा सिटौलासंग प्रसाईलाई भिडाउने तयारी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी ओलीबाट आफूले टिकट पाइसकेको भन्दै झापा क्षेत्र नम्बर ३ मा चुनावी अभियान समेत थालेका छन् । प्रसाईँले कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई टेलिफोन गरेर क्षेत्र नम्बर–३ मा एमालेले आफूलाई खटाएको हुनाले उक्त क्षेत्रमा उम्मेदवार नबन्न आग्रह गरेका छन्। प्रसाईँले सिटौलालाई नाताले मामा भन्छन्। एमाले नेता प्रसाईले सिटौलालाई फोनमा भने, ‘मामा म क्षेत्र नम्बर–३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनपर्‍यो।’

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij