Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

ललितपुर महानगरपालिका प्रमुखमा न्याच्छोँको दाबी  

ललितपुर महानगरपालिका प्रमुखमा न्याच्छोँको दाबी  

  • ललितपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुखमा भरतलाल न्याछयोँ उम्मेदवारी दिने भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    २०३६ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीति सुरु गरेका तथा हाल महाधिवेशन प्रतिनिधि समेत रहेका ६६ वर्षीय न्याछयोँले अनलाइन पत्रिकासँग कुराकानी गर्दै यसपालीको निर्वाचनमा आफू महानगरपालिकाको प्रमुख पदको लागि चुनाव लड्ने बताए ।

    AGNI GROUP

    लामो समयदेखि पार्टीमा आबद्ध भए तापनि विभिन्न कारणले गर्दा आफू नेतृत्व तहमा आउन नसकेको बताउँदै उनले यसपालीको निर्वाचनमा पार्टीले आफूलाई टिकट दिने विश्वास व्यक्त गरेका छन् । 

    नगर प्रमुख भनेको महानगरपालिकाको अभिभावक हुने बताउँदै उनले पाँच वर्षे कार्यकालमा जनतासँग निकट रहेर जनताका समस्या समाधान गर्न उत्कृष्ट अभिभावकत्व निभाउन इमान्दारिताका साथ तयार भएको र यसको लागि आफू सक्षम भएको समेत जिकिर गरेका छन् । 
     
    जनप्रतिनिधि भएपछि पद र प्रतिष्ठा भन्दापनि स्थानीय तहको विकास र विस्तारको लागि लाग्ने प्रमुख प्रतिनिधि पात्र भएकाले जनप्रतिनिधि जनताको समस्या समाधान गर्दै स्थानीयस्तरको विकासको लागि स्थानीयलाई प्रतिनिधित्व गर्न योग्य व्यक्ति हुनुपर्ने उनको भनाइ छ । 

    भोट पाउनको लागि यो वा त्यो नारा लगाउन भन्दापनि जितेपछि आफूले गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोडदिँदै उनले आफूले नारा लगाउने भन्दापनि यस महानगरको विकासको लागि निरन्तर रूपमा लागिपर्ने बताए ।

    ललितपुर महानगर कला, सभ्यता र संस्कृतिको सुन्दर फूलबारी भएकाले यसलाई संरक्षण मात्र नगरी यसको प्रर्वद्धन र व्यापारीकरण गरी आयआर्जनको प्रमुख स्रोत बनाउनको लागि आफूसँग धेरै आधार र भिजन भएको उनले दाबी गरे । 

    स्थानीय हस्तकलाको व्यापारीकरणका लागि हस्तकलाका सामग्री मात्रको बिक्री केन्द्र बनाइ युवा तथा महिलालाई स्वरोजगार बनाउने तथा अर्थतन्त्रमा टेवा पुर्याउने आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ । 

    गरिब क्षेत्र भनेर सरकार मात्र गाउँकेन्द्र्रित हुने गरेको छ । तर सहरमा पनि चरम गरिबीका कारण धेरै बालबालिका शिक्षाबाट बञ्चित हुनुपरेको छ । यी विषयहरूमा आफ्नो योजना खुलाउँदै  उनले अब आफूले सहरका रहेका गरिब बालबालिकाहरूको पहिचान गरी तिनको लागि पनि निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गर्ने आफ्नो योजना रहेको बताए ।

    महानगर भित्र रहेका सबै विद्यालयहरूबाट  सामाजिक सुरक्षा तथा सामाजिक उत्तरदायित्व अन्तर्गत प्राप्त सहयोग रकम तिनै गरिब बालबालिकाको निःशुल्क शिक्षाका लागि खर्च गर्न लगाउने गरी सम्बन्धित निकायसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए ।यसका लागि आफूसँग योजना रहेको उनले खुलाए ।

    यसका साथै, आफूले पार्किङ्को वैज्ञानिक व्यस्थापन, भौतिक संरचनाको संरक्षण तथा व्यवस्थापन, कलाको संरक्षण तथा पर्यटन प्रर्वद्धन र विकास निर्माणको कार्यमा समेत आफूसँग पृथक् योजना रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij