Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौँ । चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम अघि बढ्ने भएको छ ।
चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण छिट्टै अघि बढाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
शनिबार चितवनमा प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथनको समापन गर्दै उनले क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने सहमति भई प्रक्रिया अघि बढेको बताएका हुन् ।
राष्ट्रिय सहमतिको उक्त आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने बताउँदै उनले युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij