Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलले तालमेल गर्ने सहमति गरेसँगै चुनावी ढाँचाबारे छलफललाई अगाडि बढाउने निर्णय भएको छ । आज अपरान्ह ४ बजे बालुवाटारमा बैठक बसेर चुनावी ढाँचाबारे छलफल गर्ने गठबन्धन दलको तयारी रहेको छ ।
जिल्लाहरूबाट कुन दलको कस्तो अवस्था छ भन्नेबारे प्रतिवेदन आएपछि चुनावी तयारी तथा अनुगमन समितिको बैठक बसेर तालमेल ढाँचाबारे छलफल गर्न लागेका हुन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिमा पाँचदलीय गठबन्धनबाट १० जना सदस्य छन्।
यसअघि गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश, जिल्ला र पालिका तहमा पाँचदलीय प्रतिनिधि रहने संयन्त्र बनाउने निर्णय गरेको थियो। त्यो संयन्त्रले केन्द्रमा प्रतिवेदन पठाएको छ। ती प्रतिवेदन अध्ययन गरेपछि चुनावी तालमेलको ढाँचाबारे छलफल हुनेछ। ०७४ को परिणामअनुसार तालमेल गर्ने वा अरू केही नयाँ मापदण्ड तयार गर्ने भन्नेमा दलहरूबीच छलफल भइरहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij