Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

युवा नेता गोले भटौली अध्यक्षमा सर्वसम्मत

युवा नेता गोले भटौली अध्यक्षमा सर्वसम्मत

  • रामेछाप । मन्थली नगरपालिका वडा नम्बर-७ भटौलीको अध्यक्षमा गंगा गोलेलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मन्थली नगर समिति र ७ नम्बर वडा समितिले गोलेलाई सर्वसम्मत रुपमा वडा अध्यक्ष उठाउने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    रामेछापको युवा नेताको छवी बनाएका गोलेलाई पार्टीले वडा अध्यक्षको सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र मन्थली नगर समितिले जनाएको छ। हिजो बसेको वडा समिति र नगर समितिको सम्युक्त बैठकले उक्त निर्णय गरेको हो।

    AGNI GROUP

    मन्थली ७ भटौलीका गोले विद्यार्थी राजनीतिबाटै रामेछापमा स्थापित भएका हुन्। उनी अखिल क्रान्तिकारीमा सक्रिय राजनीति गर्दै गर्दा २०६५ मा मन्थली क्याम्पसको सर्वसम्मत स्ववियु सभापति भएका थिए। स्ववियु सभापति भएपछि गोलेले मन्थली क्याम्पसमा पार्क निर्माण गर्ने, डिग्री संचालनमा पहल कदमी गर्ने काम गरेका छन्। उनकै पहलमा सुरु मन्थलीमा डिग्री संचालन भएको थियो।

    रामेछापमा राम्रो छवी र कृयासिल युवा नेताको छवी बनाएका गोलेले पछिल्लो समय गाउँका विकास निर्माणमा पनि सक्रिय छन्। भटौली सदरमुकाम मन्थलीबाट नजिकै रहेको भएपनि त्यहाँ विजुली पुगेको थिएन। खानेपानीको समस्या थियो। गोलेको पहलमा भटौलीमा विद्युतिकरण, खानेपानीको योजना सुरु, सडक निर्माण लगायतका विकास र सामाजिक कामहरु भइरहेको छ।

    स्वच्छ छवी भएको, प्रष्ट वक्ता, बौद्धिक र सालिन स्वभाव भएका गोले स्थानीयले रुचाउने व्यक्ति हुन्। उनी सबै उमेर समूहका मानिससँग राम्रो र सहयोगी व्यवहार गर्ने गर्दछन् । गोले भटौलीको सबैभन्दा अब्बल र जनताले रुचाउने व्यक्ति हुन्। उनी अहिले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव टंकलाल घिसिङको स्वाकीय सचिव समेत हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij