Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

पर्यटन पुनरोत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

पर्यटन पुनरोत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

  • गण्डकी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ आजदेखि चारदिने पर्यटन पुनरोत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कायक्रम शुरु गरेको छ । कोरोनाले थलिएको पर्यटनमा गतिविधि बढाउने सन्देश प्रवाह गर्दै पूर्ववत् अवस्थामा फर्काउने सोचका पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मीसहितको टोलीले कास्की, पर्वत र बाग्लुङ तीन जिल्लाका पर्यटकीय गाउँहरूमा सञ्चालित घरबासको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    भ्रमणका क्रममा बागलुङको ढोरपाटनमा सञ्चालित घरबाससहित सोही जिल्लाको गलकोटस्थित रिघा सामुदायिक घरबास, ताराखोलास्थित शिवधुरी सामुदायिक घरबास, भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास, पर्वतको भुक देउराली सामुदायिक घरबास, लब्सिबोट सामुदायिक घरबास र कास्कीको हेम्जाकोट सामुदायिक घरबासमा पुगी सम्बद्ध सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिने छ । 

    AGNI GROUP

    भ्रमण कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । गण्डकी प्रदेशको समृद्धिमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै उहाँले पर्यटनको वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध भएको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुुर भट्टराईले पर्यटन क्षेत्रलाई सबैको साथ सहयोगमा पुनः उत्थान गरिनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सूर्यनाथ पहारी र उदय सुवेदीले प्रवद्र्धनात्मक भ्रमणले थलिएको पर्यटनमा ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij