Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

स्थानीय तहको संगठनात्मक र जनसमर्थनको आधारमा गठबन्धन

स्थानीय तहको संगठनात्मक र जनसमर्थनको आधारमा गठबन्धन

  • काठमाडौं ।  आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुले चुनावी तलमेल गर्न पार्टीको स्थानीय संगठानिक अवस्था र जन सर्मथनलाई आधार मानेर सिट बाँडफाँड गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनले यस्तो निर्णय गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    साथै एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने पनि निर्णय गरेको छ । 

    AGNI GROUP

    गठबन्धन भित्र सिट बाँडफाँटका आधारहरू

    • २०७४ सालको स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरू जो प्रमुखमा विजयी भएका छन् तिनलाई पहिलो आधार मान्ने। (नेकपा एकीकृत समाजवादीको पक्षमा कायम रहेका प्रमुखहरुलाई पनि यहि अन्तर्गत मान्ने।)
        
      २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार हेर्ने ।
      २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी गराउने ।
    • २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मतलाई आधार मान्ने।
    • एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।
    • सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
    • गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij