Jun 16 2026 | २०८३, असार २ गते
संखुवासभा । चैनपुर नगरपालिका–४ मैदानेबाट ५० थान जिलेटिन, १४ थान ईलेक्ट्रिक डेटोनेटर, १६ थान नन ईलेक्ट्रिक डेटोनेटर, ४ थान सकेट बम र २ मिटर सेफ्टी फ्युज लगायत विभिन्न सरसामानहरू आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट नियमित हुने संयुक्त सुरक्षा गस्तीको क्रममा सुरक्षाकर्मीको टोली उक्त स्थानमा पुग्दा अज्ञात समूहले सुरक्षाकर्मीलाई लक्षित गरी फायर गरे पश्चात् प्रहरीको तर्फबाट समेत जवाफी फायर गरेपछि उक्त समूह फरार भएको थियो । तत्पश्चात् सो स्थानमा खोजी तथा अनुसन्धान गर्ने क्रममा उक्त विष्फोटक पदार्थ फेला परेको हो ।
फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij