Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नयाँ वर्षमा ‘पिकनिक’ चहलपहल

नयाँ वर्षमा ‘पिकनिक’ चहलपहल

  • महोत्तरी । अङ्ग्रेजी महिनाको गणना ९इस्वी सम्वत्० ले नयाँ वर्ष शुरु हुन केही दिन बाँकी छँदै महोत्तरी जिल्लामा ‘पिकनिक’ ९वनभोज० चहलपहल बढेको छ । लगातारको चिसो स्याँठले वातावरण चिस्याइरहेकै बेला जिल्लाका धेरैैजसो गाउँ÷नगर बस्तीमा नयाँ पिँढीका किशोर र युवाबीच ‘पिकनिक’ चहलपहल बढेको हो । 

    onlinepatrika
    Arghakhachi

    जिल्लाका गाउँ÷नगर बस्तीमा अहिले किशोर र युवा  पिकनिकका लागि आआफ्नो समूह बनाउन तल्लीन देखिएका छन् । आआफ्नो समूह बनाएका किशोर र युवा जिल्लाको उत्तरवर्ती वन क्षेत्रमा अहिले पिकनिकका लागि स्थान चयन गर्न थालेका हुन् । पिकनिकको तयारीले वनक्षेत्रमा अहिले चहलपहल निकै बढेको छ । इस्वी सम्वत्को नयाँ वर्ष शुरु हुनै लागेको अवसरमा वनभोज आयोजन गर्ने समूहको रोजाइमा वन क्षेत्रका खोल्साखोल्सी र चौर पनि पर्न थालेपछि अहिले जिल्लाको उत्तरी  क्षेत्रमा चहलपहल ह्वात्तै बढेको हो । 

    AGNI GROUP

    अब केही दिनमै शुरु हुने नयाँ वर्ष २०२१ मा पिकनिक आयोजन गर्न बर्दिवास नगरपालिकाभित्रका पिकनिक स्पट ९वनभोजस्थल० मानिएका  कारे–गँगटे, पञ्चधुरा माइस्थान परिसर, रातुपुल, कालापानी, राईमण्डल, बाँके, टुटेश्वरस्थान  र रजवासमा धमाधम ठाउँ छेक्किँदै छन् । पहिले नै ठाउँ छेकिएपछि टाढाटाढाबाट पिकनिक गर्न यस भेगमा आउने निर्णय गरेका किशोर तथा युवा समूहले भित्री जङ्गलका चौर र खोल्साखोल्सीका ठाउँ पनि छेकिरहेका छन् । पिकनिकस्थल रोजेका समूहले रोजिएको ठाउँ सरसफाइ गर्ने, सुकेका दाउरा सङ्कलन गर्ने र पाल टाँग्ने ठाउँ मिलाउन थालेका बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गाना बताउनुहुन्छ । “नयाँ वर्ष शुरु हुन त अझै चार दिन बाँकी छ”, ढुङ्गानाले भन्नुभयो, “तर हाम्रो वडाका पिकनिकस्थल अहिलेदेखि नै ठाउँ खोज्ने समूहको चहलपहलले भरिभराउ छन् ।” 

    जिल्लामा पिकनिकस्थल मानिएका ठाउँ धेरैजसो बर्दिवास–१, ३, ४, ५, १० र ११ नम्बर वडाका वन क्षेत्रभित्र पर्दछन् । यी ठाउँमा विक्रम सम्वत्को नयाँ वर्ष, इस्वी सम्वत्को नयाँ वर्ष र अन्य खास अवसरमा पिकनिक आयोजन गर्ने समूहको भीड नै लाग्ने गरेको ढुङ्गाना बताउनुहुन्छ । बर्दिवासका यी ठाउँमा अहिले नयाँ वर्षको अवसरमा पिकनिकको ठाउँ छनोट गर्नेको लामो लर्को देखिएको छ । आउने शुक्रबार पर्ने नयाँ वर्षका लागि बर्दिबास–४ को पञ्चधुरामाई मन्दिर वरपरमात्र १०० टोलीले ठाउँ पक्का गरिसकेका वडाध्यक्ष दीपबहादुर कार्कीले बताउनुभयो । अन्यत्र पिकनिक आयोजनका लागि कुनै शुल्कको व्यवस्था नगरिए पनि पञ्चधुरा माइमन्दिर, टुटेश्वरनाथ मन्दिर र कालापानी लक्ष्मीनारायण मन्दिर वरपर भने सःशुल्क ठाउँ दिने व्यवस्था छ । 

    तोकिएका पिकनिकस्थलमा ठाउँ नपाएपछि कतिपय समूह वनक्षेत्रका चउर र खोल्साखोल्सी पनि रोजिरहेका छन् । तोकिएका पिकनिकस्थलमा ठाउँ नभेटेपछि वनक्षेत्रको खोल्सीको किनार सरसफाइ गर्न लागिएको बर्दिवासबाट ३० किलोमिटर दूरीको बलवा नगरपालिकाको पडौल बस्तीबाट पिकनिकस्थल  रोज्न आउनुभएका राजकिशोर यादवले बताउनुभयो । 

    बर्दिवास पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग र बर्दिवास जलेश्वर सडकको सङ्गम भएसँगै यातायातको सहजता र रमाइलो वनक्षेत्र भएकाले वनभोजका लागि धेरैको छनोटमा पर्ने गरेको छ । बर्दिवास नगरपालिका क्षेत्रका यी ठाउँमा खाना पकाउन दाउरा प्रशस्त पाइने र नदीनाला तथा ठाउँठाउँमा देखिने छाँगा हेर्न यही ठाउँ रोजिएको जिल्ला सदरमुकाम जलेश्वरबाट वनभोजको तयारीका लागि ठाउँ छनोट गर्न बाँके वनक्षेत्र आइपुगेको युवा टोलीका अगुवा विजयकुमार सिंहको भनाइ छ । 

    खासखास अवसरमा वनभोजका लागि यी ठाउँ आम रोजाइमा पर्ने गरे पनि नगरपालिकाले पिकनिकस्थलको  योजनाबद्ध विकासका लागि चासो भने नदिएको अहिले गुनासो बढेको छ । नगरपालिका क्षेत्रका पिकनिकस्थललाई व्यवस्थित गरे ठाउँको सौन्दर्य वृद्धि हुनुका साथै सशुल्क ठाउँ दिने परिपाटी बस्ने र यसले नियमित आम्दानीको स्रोत बन्ने कुरा नगरपालिका नेतृत्वले बुझ्न आवश्यक रहेको बर्दिवास–१ की बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता प्रतिमा कोइराला बताउनुहुन्छ । यससँगै पिकनिकका लागि भित्री जङ्गलका चौर र खोल्साखोल्सीसमेत छेकिन थालेपछि वनक्षेत्रको सुरक्षामा पनि सचेतता अपनाउन आवश्यक देखिएको वनक्षेत्र वरिपरिका बासिन्दाको भनाइ छ ।

    यसैबीच बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पिकनिकस्थलको विकास, प्रवद्र्धन र प्रयोगबारे योजनाबद्ध काम थालिएको बताउनुभएको छ । “हामीले नगरभित्रका प्रमुख धार्मिकस्थल, पर्यटकीयस्थल र पिकनिकस्थलको पहिचान गरेर यिनको विकासका लागि योजनाबद्ध काम थालेका छौँ”, प्रमुख कार्कीले भन्नुभयो, “यद्यपि, केही ठाउँमा काम गर्न कानूनी जटिलता पनि छन्, हामी यिनको समाधान गर्दै काम बढाउन लागी परेका छौँ ।” 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij