Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कटहरीमा पुरुषको शव फेला

कटहरीमा पुरुषको शव फेला

  • काठमाडाैँ । मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा एकजना पुरुषको शव भेटिएको छ। आज (आइतबार) बिहान भेटिएको शव हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको आशंका छ। 

    onlinepatrika
    Arghakhachi

    कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव सडक छेउको नालीनजिकै फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

    AGNI GROUP

    उनका अनुसार आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको हो। घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फालेको जस्तो देखिने प्रहरीको भनाइ छ। 

    घटना शंकास्पद देखिएपछि विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij