Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

किसानले २१ दिनभित्र बक्यौता भुक्तानी पाउने

किसानले २१ दिनभित्र बक्यौता भुक्तानी पाउने

  • काठमाडौं । उखु किसानले २१ दिनभित्र बक्यौता भुक्तानी पाउने भएका छन्। सरकारसँग सोमबार सहमति भएसँगै उखु किसानले आन्दोलन स्थगन गरेका छन्। यससँगै उनीहरू मंगलबार घर फर्किने तयारीमा छन्। सरकारसँग गत वर्ष सहमति भएअनुसार भुक्तानी नपाएपछि उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा तीन सातादेखि प्रदर्शन गर्दै आएका थिए।

    onlinepatrika
    Arghakhachi

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले २१ दिनभित्र उखु किसानले भुक्तानी पाउने सहमति भएको जानकारी दिए। किसानका अन्य समस्यासमेत समाधान गर्न प्राविधिक समिति गठन गरिएको प्रवक्ता डा. रेग्मीले बताए। उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार २१ दिनभित्र भुक्तानीको जिम्मेवारी उद्योग मन्त्रालयले लिएको हो। उद्योगीको घरजग्गा रोक्का, ट्राभल डकुमेन्टमा प्रतिबन्ध लगाइएको र पक्राउ पुर्जीसमेत जारी रहने सहमति भएको संरक्षक मिश्रले बताए। तोकिएको समयमा भुक्तानी नदिए थप कानुनी प्रक्रिया चाल्ने निर्णय भएको उनको भनाइ छ।

    AGNI GROUP

    सरकारले ६५ करोड बक्यौताको जिम्मेवारी लिएको छ। किसानले ९० करोडभन्दा बढी भुक्तानी बाँकी रहेको बताउँदै आएका छन्। उक्त विवाद अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता रेग्मीले बताए। समितिले उखु किसानका समस्या अध्ययन गरी दिगो रूपमा समाधान गर्न सरकारलाई सुझाव दिनेछ।

    मिश्रका अनुसार बाँकी रकमका लागि १ सय २० दिनभित्र अध्ययन गरी प्रतिवेदन तयार गरिनेछ। उद्योगीले उखुको तौल घटाएको, अनुदान दुरुपयोग गरेको विषयमा अध्ययन हुनेछ। त्यस्तै, किसानले पाउने भुक्तानीको दिन पनि तोकिने सहमति भएको मिश्रले बताए। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij