Jun 18 2026 | २०८३, असार ४ गते
काठमाण्डौँ । राष्ट्रिय राजनीतिमा दिनहुँ कमजोर बन्दै गइरहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा फेरि पहिरो गएको छ ।
पूर्व पोलिटव्युरो सदस्य तथा सेती९महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएपछि पार्टीमा पहिरो गएको हो।
पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका हुन् । अब उनीहरुले माओवादी धारालाई एकीकृत गर्ने बताएका छन् ।
अब एक्लै हिँडेर जनयुद्धले स्थापित गरेका एजेण्डा पुरा गर्न नसकिने उनीहरुको निष्कर्ष छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसंग ३ बुँदे सहमति गरेर भूमिगत छोडेका विप्लव त्यसपछि भने कमजोर बन्दै गइरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij