Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

रुद्रबहादुरको खोरबाट भाग्ने विकल्प बन्यो सुरुङ

रुद्रबहादुरको खोरबाट भाग्ने विकल्प बन्यो सुरुङ

  • काठमाडौं ।  सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर (विष्णु) को बिहे धुमधामका साथ हुँदै थियो । आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै गर्दा बेहुली घर सिन्धुलीस्थित छोराकै कारण सन्नाटा छाउँदै थियो ।  सिन्धुलीमा लगनगाँठो कसेर सिन्दूर÷पोतेपछि बिहे अन्तिम सङ्कल्प गर्ने बेला रुद्रबहादुरले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि बेहुली घरको त्यो वैवाहिक रौनक एकाएक बदलियो । “दुलही घरमा छोराको त्यो वचन सुनेर म छाँगाबाट खसे झैँ भएँ, दिउँसै सपना देखँे, त्यसपछि मलाई चौकी पु¥याए”, बाह्र वर्षअघिको क्षण सम्झँदै बुबा उनबहादुरले भन्नुभयो, “मैले बेहुली पक्षलाई रु एक लाख १० हजार जरिवाना तिरेर छोरो फर्काएँ ।” 

    onlinepatrika
    Arghakhachi

     त्यो बेला रुद्रबहादुरमा मनोरोग लागिसकेको थियो । भारतको राँचीमा उपचार गराउँदा ठीक भएपछि बिहेको चाँजोपाँजो मिलाइएको थियो । उहाँलाई छोराको बिहे गराउने मन त कत्ति पनि थिएन तर गाउँले र आफन्तबाट बिहेपछि रोग पूर्ण निको हुने भनेर आएको सुझावलाई नकार्नु भएन । निको भइहाल्छ कि भन्ने झिनो आशा बोकेर छोराको बिहे गराउन राजी भएका उनबहादुरका सपना छोराकै कारण चकनाचुर भयो । त्यो चिन्ताले झण्डै उहाँ आफैँ मनोरोगीको सिकार हुनु परेको छिमेकी सम्झन्छन् । बेलाबेलामा उहाँको मन पनि एकोहोरिन्छ । पुराना गाविस उपाध्यक्ष गाउँको गन्यमान्य उनबहादुर पीडा सहेर छोराका उपचारमा लागेको सुनाउनुहुन्छ ।

    AGNI GROUP

     त्यसबेला साहिँलो छोरा हेमबहादुर ९भगवान्० मनोरोगी भएको झण्डै पाँच वर्ष बितिसकेको थियो । उनको उपचार चल्दै गर्दा कान्छोलाई रोगले समातेपछि कार्की परिवारमा पीडामाथि पीडा बल्झियो । परिवारको चिन्ताले जेठो पवनलाई पनि केही महिनादेखि मनोरोगले समातेको छ । तीनै छोराको चिन्ताले आमा हीराकुमारीको मस्तिष्कमा पनि असर परिसकेको छिमेकी बताउँछन् । हरिवन नगरपालिका–११ का सदस्य सुकदेव कार्की उहाँको परिवार नै कुनै न कुनै प्रकारको मनोरोगबाट प्रभावित रहेको सुनाउनुहुन्छ । 

     तीनमध्ये मनोरोगबाट सबैभन्दा बढी प्रभावित रुद्रबहादुरको उपचारमा लाखौँ खर्च गरे पनि निको हुनुको साटो रोग बल्झिँदै गयो । रुद्बहादुरले बिस्तारै आक्रामक हुँदै युवती देख्न नहुने, छरछिमेकका सामान फुटाउने तोडफोड गर्ने, मानिसलाई आक्रमण गर्ने, घरका झ्यालढोका, मोटरसाईकल, साइकल फोर्न थाले । त्यसैले दुई वर्षअघि घरमा फलामे बारको खोर बनाएर परिवारले थुन्नु परेको थियो । उहाँलाई फलामे खोरमा राख्नसमेत मुस्किल भयो । हातमा लगाएको साङ्लो चुँडाल्न थालेपछि र खोर भत्काउन थालेपछि झन् समस्या भयो । परिवारले चारैतिरबाट डोरीको लट्ठाले उनी राख्ने खोरलाई बाहिरबाट मोरेर राखेका थिए ।त्यति गर्दासमेत रुद्रको उद्दण्डपन रोकिएन । उहाँले खोरबाट निस्कने अनेक उपाय रच्नुभयो । विगत छ महिनाअघि भुइँ कहिले हातले त कहिले भेटिएका सामग्रीले खोरभित्र खन्न थालेपछि परिवार नै छक्क परेको थियो । एक हप्ताअघि भने पल्लो कोठासम्मै सुरुङ खनेर बाहिर निस्किएको आमा हीराकुमारी सुनाउनुहुन्छ । “शुरुमा कसैलाई पनि किन खोतल्लो भन्ने भेउ भएन, सुरुङ नै बनाएर भाग्यो, त्यसपछि पो भाग्न बनाएको भन्ने चाल पाइयो”, छोराले खनेको सुरुङ देखाउँदै उनबहादुरले घटना विवरण सुनाउनुभयो । परिवारले उनलाई फेरि खोरमा राखी सुरुङको ढोकामा खाट घोप्ट्याए बन्द गरेका थिए । 

     रुद्रबहादुरलाई बाह्र वर्षअघि सम्म कुनै समस्या थिएन । राति चल्ने सवारी साधनको चालक भएर निकै समय काम गर्नुभएको थियो । त्यसपछि रुद्रबहादुर २२ महिना कतारमा वैदेशिक रोजगारी गरेरसमेत फर्किनुभएको थियो । काम गर्दै गर्दा एकपटक काम गर्ने कम्पनीका व्यवस्थापकलाई तँैले कम्पनी चलाउन सकिनस् ले म चलाउँछु भनेर धम्क्याएपछि कम्पनीले टिकट काटेर घर पठाइदिएको बुबा उनबहादुर सुनाउनुहुन्छ । त्यसपछि एक वर्ष राँचीमा पु¥याएर उपचार गरिएको  थियो । केही ठीक भएपछि पुनः रोग बल्झियो । मान्छेलाई नै मार्न खोजेपछि भने बाध्य भएर थुन्न परेको उनबहादुर सुनाउनुहुन्छ  ।साहिँला हेमबहादुर शुरुमा वीरगञ्ज नेशनल कलेजमा काम गर्दागर्दै एक व्यक्तिले २० हजार जागिर लगाइदिने लोभमा दिल्ली पु¥याएको र त्यहाँ दलालले फसाएपछि मनोरोगी बनेर घर आएको परिवारले जनाएको छ । उनीहरुलाई परिवारले धामी, झाँक्री, औषधिमूलो गर्नेदेखि सुधारगृहमा राख्दासमेत उपचार सफल हुन नसकेको जनाएको छ । दाजुभाइको पीडाले माइलो छोरा भने घर छाडेर अन्यत्रै काम गर्दै आएका छन् ।

     परिवारकै चिन्ताले जेठामा समस्या 

     दुई भाइ मनोरोगी भएपछि जेठो दाइ पवनले वैदेशिक रोजगारबाट कमाएको सबै पैसा उनीहरुकै उपचारमा खर्च गरेको छिमेकी सुनाउँछन् । परिवारको चिन्ताका कारण जेठो पवन पनि विगत केही महिनादेखि मनोरोगी भएका छन् । एक वर्षदेखि सामान्य समस्या देखापरेकामा दशैँदेखि भने अलि बढी भएको श्रीमती देवकी सुनाउनुहुन्छ ।

     देवकी कार्की गएको दशैँदेखि अन्य दुई भाइ जस्तै गरी श्रीमान् पवन पनि टोलाएर गाउँगाउँ डुल्न थालेको बताउनुहुन्छ । मनोरोगी तीन भाइ र बुबाआमाको पालनपोषण र जिम्मेवारी देवकीको गर्दै आउनुभएको थियो । छ सन्तानकी आमा उहाँ रातदिन भारोपर्म मेलापात गरेर परिवार पाल्दै आउनुभएको छ ।

     छिमेकीका अनुसार ३५ वर्षका होमबहादुर १७ वर्षदेखि, कान्छो रुद्रबहादुर १२ वर्षदेखि र जेठो पवन गएको दशैँदेखि मनोरोगी भएका छन् । छोराहरुको पीरले आमाको बोलीमा ठेगान हुन्न । बुबा उनबहादुर पनि बेलाबेलामा विक्षिप्त हुनुहुन्छ । कार्की परिवारलाई छरछिमेक तथा स्थानीय तहले बेलाबेलामा सहयोग दिँदै आएको थियो तर दीर्घकालीन समाधान हुन सकेको थिएन । 

     यसरी गरियो उद्धार

     सोमबार पुग्दा उनलाई घरको अघिल्लो भागमा रहेको चारकुने फलामे खोरमा बसिरहेका थिए मनोरोगी रुद्रबहादुर । उनी भाग्लान् भन्ने डरले बाहिर सुरुङको प्वाललाई खाट खोप्ट्याएर टालिएको थियो । खाटलाई डोरीको लट्ठाले कसेर राखिएको थियो । त्यही बेला मानवसेवा आश्रमको राष्ट्रिय उद्धार अभियानअन्तर्गत मेची¬महाकाली सडक यात्रामा निस्किएको समूहले उहाँको उद्धार गरेको हो । 

     बुबा उनबहादुरले पूजापाठ गर्ने भएर होला रुद्रबहादुरको मुखबाट हरेक पटक भगवान् शब्द निस्किरहन्छ । बेलाबेलामा उहाँ बुबालाई समेत आक्रमणको प्रयास पनि गरिरहनुहुन्छ । “यसलाई म छुँदैछुन्न, मार्ला भन्ने डर हुन्छ, मनपरी बोल्छ”, आँखामा टिलपिल आँसु पारेका उनबहादुरले भन्नुभयोे, “मलाई भगवान्सँग विश्वास छ, तपाईंहरु ९आश्रमलाई देखाउँदै० भगवान्को कृपाले मेरो समस्या हेर्न आउनुभयो, छोरालाई ठीक पारिदिनोस् ।” 

     आश्रमका अध्यक्ष रामजी अधिकारीले भरोसा दिँदै भन्नुभयो, “हाम्रो प्रेमको औषधि पाएपछि छिट्टै कर्म भूमिमा फर्कनुहुन्छ, ढुक्क हुनुहोला ।” जवाफमा उनबहादुरले आश्रमलाई शुभकामना दिनुभयो र फेरि भन्नुभयो, “म जस्ता पीडित धेरै छन्, समाजमा उहाँहरुको पनि यसैगरी उद्धार गरिदिनुहोस् ।” उहाँलाई हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको उपस्थितिमा उद्धार गरिएको थियो । इन्द्रबहादुरलाई थप उपचार गर्नुपर्ने भएकाले तत्कालै एम्बुलेन्समा राखेर काठमाडौँ पठाइएको र अन्य दुई दाजुभाइलाई हरिवनस्थित आश्रममा राखिएको आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो । 

     “दोस्रो भगवान् बनेर आएको आश्रमले पुण्य काम ग¥यो, उनीहरु राम्रो भएर फर्किएको हेर्ने चाहना छ”, छिमेकी श्रीध्वज उद्धारका क्रममा सुनाउनुभयो । छोराहरुलाई उद्धार गरेर एम्बुलेन्समा हाल्दै गर्दा आमा हीराकुमारी एकछिन खुशीले बेहोस् नै हुनुभयो । टम्म उभिएका छिमेकीहरुले उद्धार भएकामा खुशी साटेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij