Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा

एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा

  • काठमाडाैँ । झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला परेको छ। झापाको केचनाकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरीहरू झुण्डिएको अवस्थामा शव फेला परेको हो।

    onlinepatrika
    Arghakhachi

    स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए।

    AGNI GROUP

    मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन्।

    घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij