Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

कहानि तिम्रो मेरो 

कहानि तिम्रो मेरो 

  • जाजरकोट । कुशे–८ पैककी शर्मिला रोकाय त्रिभुवन मावि खलंगामा कक्षा १० मा पढ्छिन्। एसईईको तयारीमा धेरै समय दिनुपर्ने बेला उनी हातमा पत्रिका बोकेर सदरमुकामस्थित विभिन्न व्यक्तिका घर र अफिस पुग्छिन्। पत्रिका पुर्‍याउँदा पुर्‍याउँदै उनको बिहानको ३ घण्टा त्यत्तिकै बित्छ। जसले गर्दा अरू विद्यार्थीजस्तै सहज रूपमा उनले पढ्न पाएकी छैनन्।पत्रिका बाँडेबापत उनले मासिक पाँच हजार पाउँछिन्। त्यसैबाट सदरमुकाम बस्ने र पढाइ खर्च जेनतेन जुटेको छ। 

    onlinepatrika
    Arghakhachi

    खाना खर्च, कापी कलम र ट्युसन शुल्कलगायत खर्च जुटाउन उनलाई हम्मेहम्मे परेको छ। पाँच हजारले पनि पुग्दैन। पैसा नहुँदा कति दिन भोक सहेरै खाली पेट बसेको उनले सुनाइन्। उनले भनिन्, ‘म जसरी पनि पढ्छु, औपचारिक पढाइ सकेर केही सीपमूलक व्यवसाय गर्ने सोचमा छु।’ यसअघि भारी बोक्ने र पल्लादारी गरेर गुजरा चलाउँथिन्। तर, खुट्टामा चोट लागेपछि अहिले ठूलो काम गर्न नसक्ने भएकाले पत्रिका बाँड्न थालेको उनले बताइन्। काम गर्दै पढ्नुपर्ने भए पनि उनी पढाइमा अनुशासित र मिहिनेती रहेको त्रिभुवन माविका शिक्षक सत्यनारायण मण्डलले बताए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij