Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

कविता ‘लामखुट्टे’

कविता ‘लामखुट्टे’

  • 130721599_3574866669237777_1767763948951845605_n.jpg

    images
    images
    images

          -नरिश्वर गौतम

    images

    लामखुट्टे 

    निदाएथेँ कानमा आई कसले गुनगुनायो
    सपना नै टुट्ने गरी को पो भुन्भुनायो 
    त्यस्तो मस्त निद्राबाट कसले बिउँझाइदियो
    एकोहोरो शङ्ख फुकी कसले झस्काइदियो ?

    हातखुट्टा शरीरभरि चिलायो बिछट्ट
    ऐनामा गई अनुहार नि हेरिहालेँ झट्ट
    जता हेर्छु शरीरमा उतै फोकैफोका
    यति धेरै माया गरी कसले दियो धोका ?

    images

    यताउति हेरेँ उठी मिच्दै दुवै आँखा
    सिरक पर्दा हल्लाउँदा उडे दुईचार माखा
    रिस उठ्यो मार्छु भनी छोप्न खोजेँ हेर
    उड्छन् फेरि मुखैनेर आउँछन् कतिखेर ।।

    होइन रहेछ कोही भनी फेरि सुत्न गएँ 
    निदाउनै नपाई फेरि अचम्मित भएँ
    कानमै आई रेट्यो फेरि सारङ्गी र्याइँर्याइँ
    भनेजस्तो कसैले लाग्छ ज्वाइँ ज्वाइँ ।।

    कसोकसो निदाएछु थालेछु म घुर्न
    बसी मेरो गालामा पो थाल्यो चुम्बन गर्न
    निदैनिदमा प्याट्ट हानेँ पड्क्यो आफ्नै गाला
    मर्यो दुष्ट लामखुट्टे परी बल्ल फेला ।।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij